सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE Nepal को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित पोषण परीयोजना सुर्खेत जिल्लाको ५ वटा पालिका (वीरेन्द्रनगर, वराहताल,लेकवेशी, गुर्भाकोट र भेरीगंगा)मा संचालन भएको छ । सामान बोक्ने अटो रिक्सा आपुर्तिगर्न इच्छुक आपूर्तिकर्ता मुल्य अभिबृद्घि कर (भ्याट)मा दर्ता भएका उत्पादक, अधिकृत बिक्रेता तथा वितरकहरुबाट यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपशिलको शर्तहरुको अधिनमा रहि आपूर्तिकर्ताले गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ । तोकिएको मिति र समयमा प्राप्त शिलबन्दी दरभाउपत्रलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । म्याद नाघी आएका ,रीत पुरा नभएका दरभाउपत्रलाई प्रक्रियामा समावेश गरिनेछैन । शिलबन्दी दरभाउपत्रमा उल्लेखित समामग्रीहरु आंशिक रुपमा पनि खरिद गर्न सकिने छ ।