सिलबन्दी दरभाउपत्र आह्वान
सूचना प्रकाशित भएको मितिः २०८२-१२-२४
रिन्यूएवल वर्ल्डको प्राविधिक तथा आर्थिक सहयोग र सुन्दर नेपाल संस्था, सुर्खेतको साझेदारीमा सुर्खेत जिल्लाको उत्पादनमूलक प्रयोगका लागि स्वच्छ उर्जा प्रविधिको प्रयोग गरी जीविकोपार्जनका अवसरहरु सृजना गरी सुधार ल्याउनको निम्ति सन् २०२५ जुलाई देखि Renewable Energy Access for Livelihoods in Fragile Buffer Zone 2 परियोजना संचालन भईरहेको छ । यस परियोजना अन्तर्गत भेरीगंगा नगरपालिका वडा नं. ५, बबई गेरुवानीमा सुरक्षित बाख्राको खोर निर्माण गर्न गई रहेको छ । उक्त आयोजनाको निर्माणको लागि आवश्यक बाह्य निर्माण सामाग्री औजार र सुरक्षा सामाग्रीहरु आपूर्ति र ढुवानीका लागि यो सिलबन्दी दरभाउपत्र सुन्दर नेपाल संस्थाले प्रकाशित गरेको छ । आधिकारीक, योग्य तथा इच्छुक सेवा प्रदायक फर्म /सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीहरुबाट आजको मितिले ७ दिन भित्रमा रितपुर्वक भरिएको सिलबन्दी दरभाउपत्र फारमहरु सुन्दर नेपाल संस्थाको कार्यालयमा तोकिएको समय सीमा भित्र बुझाउन यो सूचना प्रकाशित गरिन्छ ।