सुन्दर नेपाल संस्था
स्वास्थ्यका लागी उर्जा (E4H)
परियोजना
खरिद समिति
बिरेन्द्रनगर, सुर्खेत
सिलवन्दी दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित सूचना मिति: २०८३ कार्तिक १२ गते
“स्वास्थ्यका लागि ऊर्जा स्केल–अप परियोजना चरण दोस्रो (Energy for Health Scale Up – Phase II)“ परियोजना चिङ्गाड गाउँपालिका र चौकुने गाउँपालिका का स्वास्थ्य संस्थाका लागी आवश्यक बाह्यय निर्माण सामाग्री, औजार तथा सुरक्षा सामाग्री आपूर्ति तथा ढुवानी गर्न इच्छुक तथा योग्य फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीहरूबाट सूचना प्रकाशित मितिले ७ दिनभित्र विधिवत भरिएको शिलबन्दी कोटेशन मार्फत दरभाउ सुन्दर नेपाल संस्थाको कार्यालय पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
|
क्र.सं. |
कार्यको विवरण |
सिलवन्दी दरभाउ पत्र पेस गर्ने अन्तिम मिति/समय |
सिलवन्दी दरभाउपत्र खोल्ने मिति/समय |
सिलवन्दी दरभाउपत्र जमानत (रु.) |
|
१ |
चिङ्गाड गाउँपालिका र चौकुने गाउँपालिका लागी RO Filter आर.ओ. फिल्टर (१५ लिटर प्रति घण्टा क्षमता) आर.ओ फिल्टर (५० लिटर प्रति घण्टा क्षमता) र 3 Tap Dispenser (३ धारा भएको वाटर डिस्पेन्सर) खरिद,ढुवानी र जडान कार्य |
२०८३ कार्तिक १८ गते (०४ नोभेम्बर २०२६), कार्यलय समय भित्र
|
२०८३ कार्तिक १९ गते (०५ नोभेम्बर२०२६), दिउसो १:०० बजे |
(२.५ % ) |
|
२ |
चिङ्गाड गाउँपालिका र चौकुने गाउँपालिका लागी ७० लिटर स्विङ डस्टबिन (हरियो, रातो, निलो) सहित MS स्ट्यान्ड र १००० लिटर ट्याङ्कीका लागि गोलाकार स्ट्यान्ड सहित खरिद,ढुवानी र जडान कार्य |
२०८३ कार्तिक १८ गते (०४ नोभेम्बर २०२६), कार्यलय समय भित्र
|
२०८३ कार्तिक १९ गते (०५ नोभेम्बर२०२६), दिउसो १:०० बजे |
(२.५ % ) |
|
३ |
बाह्यय निर्माण सामाग्री जस्तै ( सिमेन्ट – ओपिसी ५३ ग्रेड, इँटा, रड – एफई ४१५/एफई ५००, फलामे पाता, बाँध्ने तार, प्लाइउड १२ मि.मि., काँटी , नट तथा बोल्ट), सि पि भि सि पाईप तथा फिटिङ्स , यू पि भि सि पाईप तथा फिटिङ्स , एच डि पी पाईप तथा फिटिङ्स एच डी पी ट्याङक , सुरक्षा सामाग्री तथा औजार आदि खरिद,ढुवानी र जडान कार्य
|
२०८३ कार्तिक १८ गते (०४ नोभेम्बर २०२६), कार्यलय समय भित्र
|
२०८३ कार्तिक १९ गते (०५ नोभेम्बर२०२६), दिउसो १:०० बजे |
(२.५ % ) |
शर्तहरु:
- दरभाउपत्र निम्न स्थानमा नि:शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोड गर्न सकिने छ ।
सिलवन्दी दरभाउपत्र पाइने स्थान: सुन्दर नेपाल संस्था, विरेन्द्रनगर, सुर्खेत
अथवा, सिलवन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्क:
दरभाउपत्र डाउनलोड वा प्राप्त गर्न केही समस्या भएमा ०८३५२०९२६, ५२३५३०/९८४८०३१२४२ वा athapa@sundarnepal.org.np. मा सम्पर्क गर्न सकिनेछ ।
- दरभाउपत्र बुझाउने अन्तिम मिति र स्थान:
दरभाउपत्र बुझाउने अन्तिम मिति: २०८३ कार्तिक १८ गते (०४ नोभेम्बर २०२६), कार्यालय समय भित्र
दरभाउपत्र बुझाउने स्थान: सुन्दर नेपाल संस्था, विरेन्द्रनगर, सुर्खेत फोन नं. ०८३ ५२०९२६, ५२३५३०
म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।
- दरभाउपत्र पेश गर्ने सप्लायर्सले सुन्दर नेपाल संस्थाले जारि गरेको परिमाण सुची (Bill of quantity) मा मात्र दरभाउ पेश गर्नु पर्नेछ । अन्य कागजमा भरिएको दरभाउपत्रलाई मान्यता दिइने छैन ।
- सिलवन्दी दरभाउपत्र खोल्ने मिति, समय र स्थान:
मिति: २०८३ कार्तिक १९ गते (०५ नोभेम्बर २०२६), दिउसो १:०० बजे
स्थान: सुन्दर नेपाल संस्था, केन्द्रीय कार्यालय विरेन्द्रनगर, सुर्खेतको कार्यालय
सिलवन्दी दरभाउपत्र दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
- यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।
- दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त बैंकबाट ९० दिन मान्य अवधि (दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी) भएको सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।
जमानत जारी गर्न पर्ने नाम (beneficiary name) : SUNDAR NEPAL SANSTHA
खाता न : 19400100804250000001 , बैंक : Nepal Bank Limited, Current account
शाखा : Birendrangar, Surkhet
बोलपत्रको जमानत रकम रु : दुई दशमलव पाँच प्रतिशत (२.५ % ) , जम्मा गरेको भौचर अनिवार्य रुपमा बोलपत्र साथ पेश गर्नुपर्नेछ ।
- दर्ता भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस सुन्दर नेपाल संस्थामा सुरक्षित रहनेछ ।
- कुनै एक व्यक्ति वा सप्लायर्सको नाममा १ वटा भन्दा बढि दरभाउ पेश गर्न पाईनेछैन ।
- पुनश्चः दरभाउ पत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा विदाको भोलिपल्ट पनि दरभाउ पत्र पेश गर्न सकिनेछ
योग्य बोलपत्रदाताले थप जानकारीका लागि सुन्दर नेपाल संस्था कार्यालय समयमा कार्यालयमा सम्पर्क गर्न वा www.sundarnepal.org.np हेर्न सक्नेछन् ।