सिलवन्दी दरभाउपत्र आव्हानको सूचना
जुमखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, कालिमाटी ५, सल्यान
तल्लो खैरेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, कालिमाटी ४, सल्यान
को
संयुक्त खरिद समिति
कालिमाटी, सल्यान
सिलवन्दी दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित सूचना मिति: २०८३ असोज २७ गते
एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था सुन्दर नेपाल संस्था, विरेन्द्रनगर, सुर्खेतको सहजीकरणमा कालिमाटी गाउँपालिका, सल्यानमा संचालित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएकोछ ।
प्याकेज १ :
समुह क : एच.डि.पि.ई. पाइप, जि.आई. पाइप, जि.आई./व्रास फिटिङ्ग, औजार, अन्य साामाग्रीहरु (सरिया, ग्याविन तार, काँडेतार, वाइडिङ्ग तार, कुखुरेजाली, टंकी इत्यादि)
समुह ख : फलामे निर्माण सामाग्री (फेव्रिकेटेड सामाग्रीहरु)
समुह ग : सिमेन्ट (ओ.पि.सि. ४३ ग्रेड)
शर्तहरु:
- दरभाउपत्र निम्न स्थानमा नि:शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोड गर्न सकिने छ ।
सिलवन्दी दरभाउपत्र पाइने स्थान: सुन्दर नेपाल संस्था, विरेन्द्रनगर, सुर्खेत
अथवा, सिलवन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्क:
https://notice.helvetasnepal.org वा www.sundarnepal.org.np
दरभाउपत्र डाउनलोड वा प्राप्त गर्न केही समस्या भएमा ०८३ ५२३५३० वा ९७६३८५१००६ (संयोजक-संयुक्त खरिद समिति) नं. मा सम्पर्क गर्न सकिनेछ ।
- दरभाउपत्र बुझाउने अन्तिम मिति र स्थान:
दरभाउपत्र बुझाउने अन्तिम मिति: २०८३ कार्तिक १८ गते (०४ नोभेम्बर २०२६), दिउँसो १२:०० बजे भित्र
दरभाउपत्र बुझाउने स्थान: सुन्दर नेपाल संस्था, विरेन्द्रनगर, सुर्खेत फोन नं. ०८३ ५२०९२६, ५२३५३०
म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।
- दरभाउपत्र पेश गर्ने सप्लायरले संयुक्त खरिद समिति वा उपभोक्ता समितिले जारि गरेको परिमाण सुची (Bill of quantity) मा मात्र दरभाउ पेश गर्नु पर्नेछ । अन्य कागजमा भरिएको दरभाउपत्रलाई मान्यता दिइने छैन ।
- सिलवन्दी दरभाउपत्र खोल्ने मिति, समय र स्थान:
मिति: २०८३ कार्तिक १८ गते (०४ नोभेम्बर २०२६), दिउँसो ३:०० बजे
स्थान: सुन्दर नेपाल संस्था, केन्द्रीय कार्यालय विरेन्द्रनगर, सुर्खेतको कार्यालय
सिलवन्दी दरभाउपत्र दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
- सामाग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामाग्री ढुवानी भै उपभोक्ता समितिले सामाग्री चेकजांच र प्राप्त गरे पछि मात्र आपूर्तिकर्तालाई भुक्तानी गर्नेछ ।
- यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।
- दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट ७५ दिन मान्य अवधि (दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी) भएको सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।
जमानत जारी गर्नु पर्ने नाम (Beneficiary Name) : TALLO KHAIRENI KHANEPANI TATHA SARSAPHAI UPABHOKTA SAMITI
जमानत रकम रु. : ८५,०००.०० (अक्षरेपी पचासी हजार रुपैया मात्र)
- दर्ता भएका सिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संयुक्त खरिद समिति, कालिमाटी, सल्यानमा सुरक्षित रहनेछ ।