सुन्दर नेपाल संस्था सामुदायिक विकास क्रियाशील एक मुनाफारहित गैरसरकारी संस्था हो। यस संस्थालाई आ.व. २०८३/०८४ एक वर्षको लागि आवश्यक पर्ने कार्यालय सम्बन्धी दैनिक प्रयोजनका सामान तथा सेवाहरू उपलब्ध गराउन इच्छुक आपूर्तिकर्ताहरूबाट सूचीकृत हुन आवेदन आह्वान गरिन्छ।
आवेदनसँग फर्म दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, भ्याट/प्यान प्रमाणपत्र संलग्न गरी २०८३ असार ३१ गतेभित्र संस्थाको कार्यालयमा बुझाउन अनुरोध गरिन्छ।