कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८२।१०।२७)
विज्ञापन नं ०६ । २०८२।२०८३
सुन्दर नेपाल संस्था (SNS) सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित सामाजिक गैह्रसरकारी संस्था हो। सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै जनस्तरमा सहभागितात्मक विकासमूलक कार्यक्रमबाट समाजमा महिला, गरीब, विपन्न, दलित, तथा पछाडी पारिएका समुदायका समूह तथा व्यक्तिहरुलाई संस्थाको लक्षित समुदाय बनाइ जिवनस्तर माथि उठाउनका लागि विधिवत रुपमा २०५३ साल माघ ६ गतेका दिन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई ग्रामीण समुदायमा वैकल्पिक उर्जा, कृषि, सिचाईं, शिक्षा, स्वास्थ्य, चेतनाविकास, खानेपानी, मानव अधिकार, महिला, बाल–बालिका, पछाडी पारिएका वर्गका समुदायमा कार्यरत रहेको छ ।
यसै सन्दर्भमा सुन्दर नेपाल संस्थाको प्राविधिक तथा सामाजिक सहजीकरणमा सञ्चालित परियोजनाका लागि सुर्खेतवेस हुने गरी १ जना कर्मचारी आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट आवेदन आह्वान गरिन्छ ।
नोटः उल्लेखित पदको कार्य विवरण डाउललोड गर्न यहाँ क्लिक गर्नुहोस्ः JD of PC cum WASH engineer