कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८२।०६।१०)
विज्ञापन नं ०४ । २०८२।२०८३
सुन्दर नेपाल संस्था (SNS) सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित सामाजिक गैह्रसरकारी संस्था हो। सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै जनस्तरमा सहभागितात्मक विकासमूलक कार्यक्रमबाट समाजमा महिला, गरीव, विपन्न, दलित, तथा पछाडी पारिएका समुदायका समूह तथा व्यक्तिहरुलाई संस्थाको लक्षित समुदाय बनाइ जीवनस्तर माथि उठाउनका लागि विधिवत रुपमा २०५३ साल माघ ६ गतेका दिन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई ग्रामीण समुदायमा वैकल्पिक ऊर्जा, कृषि, सिचाईं, शिक्षा, स्वास्थ्य, चेतनाविकास, खानेपानी, मानव अधिकार, महिला, बाल–बालिका, पछाडी पारिएका वर्गका समुदायमा कार्यरत रहेको छ ।
यसै सन्दर्भमा एकीकृत जलस्रोत व्यवस्थापन (IWRM) कार्यक्रम हेल्भेटास नेपालसंगको साझेदारी र सुन्दर नेपाल संस्थाको प्राबिधिक तथा सामाजिक सहजीकरणमा सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाँउपालिका, चिङगाड गाँउपालिका र सल्यान जिल्लाको कालिमाटी गाँउपालिकामा संचालन हुन गईरहेको कार्यक्रमको लागि तपशिलमा उल्लेखित कर्मचारीहरु आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट आवेदन आव्हान गरिन्छ ।
नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवरण (detailed job description) का लागि click here