ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी उपभोक्ता समिति, भेरीगंगा नगरपालिका वडा नं. ४, हर्रे मसिना, सुर्खेत
को
खरिद समिति
हर्रे मसिना-०४, सुर्खेत
बोलपत्र पुर्न आह्वानको सूचना
दोस्रो पटक प्रकाशित सूचना मिति: २०८२ चैत्र १६ गते
रिन्यूएवल वल्र्डको प्राविधिक तथा आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्था, सुर्खेतको साझेदारीमा “Renewable Energy Access for Livelihoods in Fragile Buffer Zone Phase 2” परियोजना सन् २०२५ जुलाईदेखि संचालनमा रहेको छ। यस परियोजना अन्तर्गत भेरीगंगा नगरपालिका, सुन्दर नेपाल संस्था र ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी आयोजना उपभोक्ता समितिको साझेदारीमा भेरीगंगा नगरपालिका वडा नं. ४ हर्रे मसिनामा ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी आयोजना निर्माण गरी स्वच्छ पिउने पानी उपलब्ध गराउने र लघु सिँचाइमार्फत आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको छ। उक्त आयोजनाका लागि आवश्यक बाह्य निर्माण सामग्री, औजार तथा सुरक्षा सामग्री आपूर्ति र ढुवानी गर्न इच्छुक तथा योग्य फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीहरूबाट सूचना प्रकाशित मितिले १५ दिनभित्र विधिवत भरिएको बोलपत्र सुन्दर नेपाल संस्थाको कार्यालय (उपभोक्ता समितिको सम्पर्क कार्यालय) मा बुझाउन आह्वान गरिन्छ।
नोटः बोलपत्र डाउनलोड गर्नका लागि लिङ्क click here